चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा हुने

काठमाडौं– चर्चित  रियालीटी शो भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा हुने भएको छ ।

आइतबारको एपिसोडमा भ्वाइस अफ नेपालको आयोजकले ग्राण्ड फिनाले कतारको राजधानी दोहामा गर्ने घोषणा गरेको हो ।

आयोजकका अनुसार आगामी शनिबार अन्तिम ८ मा पुग्ने प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ भने त्यहाँबाट ग्राण्ड फिनालेमा पुग्ने प्रतिस्पर्धीबीच डिसेम्बर १४ मा कतारमा फाइनल प्रतिस्पर्धा हुनेछ ।

भ्वाइस अफ नेपाल चयन हुनेले २५ लाख नगद, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउनेछन् ।

भ्वाइसमा दीप श्रेष्ठ, प्रमोद पोखरेल, सनुप पौडल र अभया सुब्बा कोचको भूमिकामा रहेका छन् ।

भ्वाइस अफ नेपाल हरेक शनिबार र आइतबार कान्तिपुर टेलिभिजनबाट राती ९ बजेपछि प्रशारित हुँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?