जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई सोमवार पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई ५ लाख ३१ हजार नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई होटल सञ्चालन गर्दै आइरहेका राम कार्की, बाराका राजकुमार तिवारी र काभ्रेका ३४ वर्षीय केशव नेपाल, उदयपुरका ३० वर्षीय मानबहादुर मगर र सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनार छन् । उनीहरुलाई प्रहरीले जवाखालबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र उनीहरुलाई प्रचलित कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?