सशस्त्र प्रहरीद्वारा कमलपोखरीबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं–    सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वर्षिय शिशिर श्रेष्ठ छन् ।
    
सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ । त्यसवेला उक्त पेस्तोल सँगै एउटा म्याग्जीन समेत बरामद गरिएको छ । उक्त पेस्तोलमा मेडईन यूएसए लेखिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?