अष्ट्रेलियन नागरिक एमारीको गरियो हिन्दूबौद्ध विधिबाट दाहसंस्कार

कास्की–पोखराको सेती नदी खोचमा कायाकिङ गर्ने क्रममा मृत्यु भएकी अष्ट्रेलियन नागरिक क्यासिन्ड्रा इसाइज एमारीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

नेपाल प्रेमीको क्यासिन्ड्रा मङ्सिर १३ गते कायाकिङ गर्ने क्रममा मृत्यु भएको हो । नेपालको प्राकृतिक सुन्दरतासँग रमाउने क्यासिन्ड्राको उनका अभिभावक आएर हिन्दूबौद्ध मिश्रित विधिबाट दाहसंस्कार गरेका हुन् ।

तेइस वर्षीया उनी पाँच वर्षदेखि नेपालमा आउनेजाने गर्दै आइरहेकी थिइन् । नेपाल आएपछि तीन÷चार महीना विभिन्न ठाउँ घुमेर बिताउने उनले जलयात्रामा विशेष रुचि राख्ने गर्थिन् । उनी नेपाल प्रेमी भएकाले उनको नेपाली धर्मअनुसार दाहसंस्कार गरिएको उनकी आमा शुले जानकारी दिइन् । क्यासिन्ड्रा आमा बुबा र दिदीभाइ दाहसंस्कारका लागि नेपाल आएका थिए ।

पोखराको लामाचौर र हेम्जाको झोलुङ्गे पुल नजिकै अकलादेवि मन्दिर तलको खोचमा क्यासिन्ड्रा सवार कायक बेपत्ता भएको थियो । उनको खोजी गर्ने क्रममा १० मिनेटमै उनको खुट्टा देखेपछि उद्धार गरिएको नेपाल एशोसिएशन अफ जलयात्रा एजेन्सीका अध्यक्ष निम मगरले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?