काँग्रेसमा उमेर हदको बहस : गगन थापा बोल्दा देउवालाई छटपटी !

काठमाडौं– नेपाली काँग्रेसका युवा पुस्ताका नेताहरुले यसअघि बहसमा ल्याएको उमेर हदको प्रसंगले जारी केन्द्रीय समिति बैठकमा प्रवेश पाएको छ ।

काँग्रेसका युवा पुस्ताका नेताहरुले बूढाखाडाको नेतृत्वमा पार्टी रहँदा चलायमान नहुने र कमजोर अवस्थामा पुग्ने तर्कसहित उमेर हदको बहस सतहमा ल्याएका हुन् ।

केही अघि काँग्रेसका केही युवा पुस्ताका नेताहरुले यही विषयमा छलफल समेत गरेका थिए । सो छलफलमा उनीहरुले पार्टीलाई जीवन्त बनाइराख्न उमेर हद तोकिनुपर्ने निश्कर्ष निकाल्दै केन्द्रीय समितिमा यो विषयमा आवाज उठाउने निर्णय पनि गरेका दिए ।

सोही अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा ७० वर्षे उमेर हदको प्रस्ताव गरेका छन् ।

बैठकमा उनले नेताहरु जोसुकै भएपनि ७० वर्ष कटेपछि कार्यकारी भूमिकामा बस्न नपाइने गरी विधानै व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले सो धारणा स्पष्ट रुपमा राख्दा युवा पुस्ताका नेताहरु उत्साहित देखिन्थे । तर सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरु पनि असहज जस्ता देखिन्गे । बैठकममा सहभागि एक नेताले बताएअनुसार बैठकमा थापाले बोल्न थालेसँगै देउवाdमा छटपटी देखिन्थ्याे । त्यसमाथि थापाले देउवातिरै फर्किएर ‘पदमा टाँसिएर मात्रै पार्टी बन्न नसक्ने’ बताएपछि देउवा रातोपिरो बनेका थिए ।

महामन्त्री पूर्णबहादुर खड्को संयोजकत्वमा गठित विधान मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथि काँग्रेसमा छलफल चलिरहेको हो । सोही छलफलमा गगनले उमेरहदको विषय उठाएका हुन् ।

सोमबारको बैठकमा थापासहित धनराज गुरुङ, एनपी साउँद, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, गुरुराज घिमिरे, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार तथा आमन्त्रित केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार चौधरी र रमा कोइराला पौडेलले आफ्नो धारणा राखेको काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?