ऊर्जा मन्त्रालयका सचिव उपाध्यायले दिए राजीनामा

काठमाडौं । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । 

उनले आगामी फागुनमा अवकास पाउँदै थिए ।  

स्रोतका अनुसार ऊर्जा सचिव उपाध्यायले विद्युत् नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न राजीनामा दिइएको बताए । 

उता सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया शुरु गरिसकेको छ ।

आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान समेत गरेको छ ।

आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ भने आयोगमा नियुक्तिका लागि दरखास्त बुझाउने आज बिहीवार अन्तिम मिति हो ।

त्यस्तै उपाध्यायको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?