विद्युत प्राधिकरणको टोलीमाथि कुटपिट

काठमाडौं । विद्युत् चोरीको छड्के जाँच गर्न सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरणको टोलीमाथि कुटपिट भएको छ । 

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी विद्युत् चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् प्राधिकरणका कर्मचारीलाई स्थानीयबासीले कुटपिट गरेका हुन् । 

कुटपिटबाट प्राधिकरणबाट खटिएका दुई कर्मचारी घाईते भएका छन् । कुटपिट गर्ने स्थानीयविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?