आउँदो फागुन महिनाभित्र नेपाल रेल सञ्चालन हुन्छ : मन्त्री महासेठ

काठमाडौं । सरकारले आउँदो फागुन महिना भित्र नेपालमा रेल सञ्चालन हुने बताएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आगामी माघ र फागुनभित्रै नेपालमा रेल चल्ने बताएका हुन् । 

बिहीवार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरका आयोजनाहरुका बारेमा भएको छलफलमा मन्त्री महासेठले जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दाबी गरेका हुन् ।

जनकपुर–जयनगर रेल यही मंसिरभित्र सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैँले किनेर सञ्चालन गर्ने विषयमासहमती जुट्न नसक्दा रेल सञ्चालनमा अन्यौल देखिएको हो । 

त्यस्तै बैठकमा मन्त्री महासेठले ४ वर्षभित्र हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने दाबी गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?