एशिया प्यासिफिक समिट हिन्दुत्वको पहिचान समाप्त पार्ने ग्राण्ड डिजाइन : पूर्व प्रहरी परिषद्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति पूर्व प्रहरी परिषद्को ध्यानाकषर्ण भएको छ । एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइनको एउटा रूप हो भन्ने विश्लेषण गरेको छ । यसले ठूलो रूप लिन सक्ने भएकोले यसको विरूद्दमा अवाज उठाइ सम्पूर्ण नेपाली जनता एक भइ परास्त गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।  

त्यस्तै हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि शुरु गर्ने निर्णायक आन्दोलनमा अइ पर्ने हरेक काम गर्न पूर्व प्रहरी परिषदका पदाधिकारी तथा सदस्यहरू शारिरिक, मानसिक र अर्थिक रूपमा तयार भई आन्दोलनलाई सफल पार्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?