गुण्डा नाइके समीरमान बस्नेतको श्रीमती धरौटीमा रिहा

काठमाडौं–गुण्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती माया शेरचन (बस्नेत) धरौटीमा छुटेकी छिन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशबाट उनी पाँच लाख धरौटीमा छुटेको महानगरिय अपराध महाशाखाकका एक अधिकारीले जानकारी दिए ।

निर्माण ब्यवसायी शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समुहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम पोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।
बस्नेत अहिले गौचम हत्याकाण्डमा जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?