अनौठो विश्व: यो देशमा दुईवटा बिहे गर्नैपर्ने नियम, नगरे उमेर कैदको सजाय

काठमाडौं । आफ्नो बिहेलाई लिएर सबैले फरक–फरक सोच बनाइरहेका हुन्छन् । कति देशमा बिहे नगरी बस्ने गरेको पनि पाइन्छ । तर एउटा यस्तो देश पनि छ, जहाँ बिहे नगरे कारवाहीको भागीदार हुनुपर्छ । यहाँका हरेक पुरुषलाई महिलासँग दुई बिहे गर्नुपर्दछ । अन्य देशमा भने दोस्रो बिहे गर्नु कानूनी रुपमा पनि अपराध हुन्छ ।

तर, यो देशमा भने दुईवटा बिहे नगर्नुलाई अपराध भनिएको छ । आज हामीले त्यस्तो देशको कुरा गरिरहेका छौँ, जहाँ पहिलो बिहेपछि अर्को बिहे जसले गर्दैन, उसलाई कानून लाग्छ ।

अफ्रिकामा एक यस्तो देश पनि छ, जहाँ हरेक पुरुषलाई दुईबिवाह नगरी सुखै छैन । यसैले यहाँ दुई बिहे गर्ने पुरुषलाई मजा नभएर सजा हुने गर्छ । यदि कोही पुरुषले दोस्रो बिहे गरेन भने उसलाई उमेर कैद पनि हुनसक्छ । यो देशको नाम इरिट्रीया हो । यसको कारण पुरुष लिंगानुपातको कमी भएको जनाइएको छ । यहाँ महिलाहरु पुरुषको तुलनामा निकै कम छन् । त्यसैले पनि हरेक पुरुषलाई दुईवटा बिहे गर्नुपर्छ ।

यदि कसैले गर्न मानेन भने कानूनी रुपमा कारवाही हुन्छ । त्यति मात्र होइन, यदि पत्नीले पनि इन्कार गरी भने उसलाई पनि उमेर कैद हुने व्यवस्था छ ।

खबरका अनुसार यो नियम लागू गर्नाका कारण के पनि हो भने यो देशमा बेलाबेलामा गृहयुद्ध भइरहन्छ । यस्तो अवस्थामा महिला एक्लै हुनु खतरा हुन्छ । यही कारण पुरुषलाई महिलाको हिफाजतका लागि पनि दोस्रो बिहे गर्न भनिन्छ ।

यो देशमा सन् १९९८ देखि २००० सम्म भएको गृहयुद्धमा १ लाख ५० हजार सैनिकको ज्यान गएको थियो । यो देशमा पुरुषको सङ्ख्या घट्दै गएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?