आज हुँदैछ मिस वर्ल्डको फाइनल, यसरी हेर्नुहोस् लाईभ

१ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएको मिस वर्ल्डको ग्रान्ड फाइनल आज हुँदैछ ।

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको विभिन्न विधामा एक महिनादेखि प्रतिष्पर्धा भइरहेकोमा आज नेपाली समयअनुसार ४ : ४५ बजेदेखि प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् । श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड जितेकी छिन् ।  

आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिने बताइएको छ ।

मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा मिस वल्र्ड डटकमको आधिकारिक पेज र हरेक देशको आधिकारिक मनोरञ्जनात्मक च्यानलले प्रसारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?