‘साइँली’ को गीत रिलिज, गायकको जन्मदिन मनाइयो (भिडियो)

काठमाडौं । केही समयअघि भाइरल भएको गीत ‘साइँली’ को नाम र कलाकारलाई लिएर निर्माण गरिएको चलचित्र ‘साइँली’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

साथै उक्त कार्यक्रममा ‘साइँली’ गीत गाएर भाइरल बनेका गायक हेमन्त रानाको जन्मदिन पारेर केक समेत काटियो । निर्माण टिमले अमेरिकामा रहेका हेमन्त रानालाई शुभकामना दिने उद्देश्यले केक काटेको जानकारी गरायो । जन्मदिन पारेर उनले गाएको गीत पनि सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको उक्त गीतमा हेमन्त रानाको स्वर सुन्न सकिन्छ । ‘नाच माया’ बोलको गीतको भिडियोमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतले अभिनय गरेका छन् ।

यस्तै गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने सुशान्त गौतमले संगीत दिएका हुन् । गीतमा मौलिक नेपाली शब्द सुन्न सकिन्छ भने गीतको स्वाद मौलिक लोकशैलीको छ ।

विक्रम स्वाँरले कोरियोग्राफी गरेको भिडियोलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेको यो फिल्ममा रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?