२ किलो नक्कली सुन ६६ लाखमा बेच्न खोज्दा

काठमाडौं– नक्क्ली सुनलाई सक्कली भन्दै रु ६६ लाखमा बेच्न खोज्ने २ जनालाई राजधानीको बौद्धबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धु्पाल्चोक बफेलीका लालबहादुर लामा र सिन्धुपोल्चोक मेलम्चीका राजीव तामाङलाई पक्राउ गरेको हो । राजीव यसअघि पनि नक्कली सुनलाई सक्कली भन्दै बेचेको आरोपमा पक्रउ परी छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

नक्क्ली सुनलाई सक्कली भन्दै बेच्न खोजिएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

टोलीले १–१ किलोको विस्कुट आकारको २ थान नक्कली समेत बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?