नेपाल ईन्जिनियरिङ संघको केन्द्रिय सदस्यमा जम्कटेलको उम्मेद्वारी

धादिङ । यहि शुक्रवार नेपाल इन्जिनियरिङ संघको ३२ औँ कायकारिणी निर्वाचन हुँदैछ । 

संघको निर्वाचनमा नेपाल कम्युनिस्ट पाटीको तर्फबाट प्रोग्रेसिभ इन्जिनियरिङ र कांग्रेस लोकतान्त्रिक समूहबाट कल्ले जित्छ सबैको चासोको विषय बनेको छ । तर, चुनाबी माहोल हेर्दा एसपाली प्रोग्रेसिभ प्यानलले नै जित्न सक्ने अड्कलबाजी पनि लगाउन थालिसकेका छन् । 

नेपाल इन्जिनियरिङ संघको ३२ औँ कायकारिणी तथा प्रादेशिक चुनाब हुँदै गर्दा नेकपा निकट प्रोग्रेसिभ इन्जिनियरिङतर्फबाट केन्द्रिय सदस्यको उम्मेद्वारी दिपेन्द्र जम्कटेल धादिङका एक मात्र केन्द्रिय सदस्यका उम्मेद्वार हुन । 

जम्कटेल नेकपा निकट प्रोग्रेसि संघ समूहबाट अध्यक्षमा प्रा. डा. त्रिरत्न ब्रजाचार्य र महासचिबका उम्मेद्वार छबिराज प्रोखेल लो प्यानलबाट केन्द्रिय सदस्यमा उठेका हुन् । उनको मत पत्रमा क्रम संख्या (८) रहेको छ भने प्रगतिशील प्यानलको सदस्य क्रम संख्या ‘३’ देखि ‘१४’ सम्म रहेको छ ।

यसपालिको चुनाबमा प्रोग्रेसिभ संघले इन्जिनियरिङ हकहितको लागि महत्वपूर्ण विषयलाई उर्थान गर्दै घोषण पत्र ल्याएको छ । यहि कारणले गर्दा प्रोग्रेसिभ प्यानलले चुनाब जित्ने सम्भावना उच्च रहेको छ । 

‘राष्ट्रिय गौरवको आयोजनाहरु परामर्श, डिजाइन, डिपिआर नाममा करोडौं बाहिरहदा नेपालका इन्जिनियरहरु भने न्यून तलव काम गर्न बाध्य छन्, यति मात्र नभएर धेरै इन्जिनियरहरु बेरोजगारी समेत बसिरहेको छ, यसको अत्यको लागि पनि मेरो उम्मेद्वारी र जित अपरिहार्य छ’, दिपेन्द्र जम्कटेले बताए । 

वि.स. २०५९ सालदेखी राजनीतिमा हुमियका जम्कटेल वि.स. २०५९ सालमा बिधालय इकाइ कमिटीको अध्यक्ष समेत बनेका थिए । २०६५ सालमा काठमाडौ इन्जिनियरिङ कलेज कालिमाटीका अखिल (क्रान्तिकारी)का अध्यक्ष बने ।

त्यसै गरि वि.स २०६९ सालमा अखिल (क्रान्तिकारी) कै प्राविधिक विशेष जिल्लाको उपाध्यक्ष बनेका जम्कटेल २०७३ सालमा नियोनको केन्द्रिय सदस्य समेत बनेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?