को हुन् मुख्यमन्त्री योगी आदित्यनाथ ? जसलाई दिइँदैछ आकाशबाटै सुरक्षा

काठमाडौं । रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम आइपुगेका छन् ।

विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट दुई दिन अघि नै भारतको अयोध्याबाट जन्ती आइसेकेका छन् भने योगी आज बिहान ११ बजे बुलेट प्रुफ बिमानबाट जनकपुरको एयरपोर्टमा उत्रिदैँका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी जनकपुर विमानस्थलमा पुगी योगीको स्वागत गरेका थिए । 

तर नेपालमा हिन्दूराज्य र राजतन्त्र पुनर्स्थापना हुनुपर्छ भन्नेहरूसँग निकटता भएको भन्ठानिएका व्यक्तिलाई निम्त्याएको र त्यसबाट नेपालको राजनीतिमा दूरगामी प्रभाव पर्न सक्ने भन्दै सङ्घीय र प्रादेशिक सरकारको योगीको भ्रमण प्रति आपत्ति जनाएका छन् ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सार्वजनिक रूपमै योगीको नेपाल  भ्रमणको उद्देश्य प्रति प्रश्न उठाउँदै आपत्ति प्रकट गरेका थिए । 

तर प्रतिपक्षी दलले योगीको नेपालको भम्रण प्रति प्रश्न उठाउँदै गर्दा  योगी आदित्यनाथ आउनु अघि अर्थात हिजो नै भारतीय विमानले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो । 

बीई २० टाइपको भारतीय कम्पनीमा दर्ता भएको बिमान बिहान १० बजेर १९ मिनेटमा अवतरण भएको केही समयपछि फेरि लखनउ फर्किएको थियो । 

उनी आउँदा जनकपुरको बुद्ध र येती एयरलाईन्सको नियमित विमानको समय हेरफेर गरिएको छ भने विमानस्थलको सुरक्षाको प्रबन्ध निकै कडा गरिएको छ । 

मुख्यमन्त्री आदित्यनाथकोे आगमनलाई लिएर जनकपुरधामको सुरक्षा प्रबन्ध कडा पारिएको छ । आदित्यनाथको सुरक्षाका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिब ४ हजार सुरक्षाकर्मी पारिचालन गरिएको छ । 

मुख्यमन्त्री आदित्यनाथकोे आगमनलाई लिएर जनकपुरधामको सुरक्षा प्रबन्ध कडा पारिएको छ । आदित्यनाथको सुरक्षाका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिब ४ हजार सुरक्षाकर्मी पारिचालन गरिएको छ । 

ड्रोन क्यामेराबाट निगरानी हुने भएपनि तीन वटा कुकुर र आर्मीको पनि परिचालन हुने भएका छन् । त्यसका साधै नेपाली सेनाले आकाशबाट गस्ती गर्ने र एउटा बम डिस्पोजल टोली पनि जनकपुरमा तैनाथ गरिएको छ । 

को हुन् योगी आदित्यनाथ?

योगी आदित्यनाथ उत्तर प्रदेश राज्यका मुख्यमन्त्री हुन् । योगी गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त र भारतको केन्द्रीय सरकारको सत्तामा रहेको भारतीय जनता पार्टीका नेता हुन् । योगीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको बताइन्छ । 

उनले गैरहिन्दूहरूप्रति कठोर धारणा व्यक्त गर्दै आएकाले उनलाई भारतमै पनि विवास्पद मानिन्छ । उनले इलाहाबादको नाम फेरेर पौराणिक नाम प्रयागराज र फैजाबादको अयोध्या राखेका छन् ।

योगी जानकी मन्दिरमा पूजा अर्चना पश्चात मधेश भवनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सरिक हुनेछन् भने योगिलाई कदर पत्रबाट सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रम समापन पछि जन्ती आएका साधु सन्तलाई दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।

बाह्रविघा ररङ्गभुमी मैदानमा आयोजना गरिएको सीतारामको स्वयम्बरमा सहभागी भई योगी दिउँसो ४ बजे फर्किने कार्यक्रम रहेको जनाइएको छ । 

पौराणिक प्रचलन अनुसार आज जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासील विशेष महोत्सवका रूपमा विवाह पञ्चमी मनाउँदै आएका छन् । 

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् । मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।

भगवान् सीताराम विवाह पञ्चमीमा यस पटक लाखौँ श्रद्धालु सहभागी भएका छन् । श्रद्धालुहरुले जानकी मन्दिरलगायत त्यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । 
विवाह पञ्चमीमा सहभागी हुन भारतबाट आउने जन्ती र भक्तजनलाई सहजता होस भनेर जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै विद्यालय बन्द गरिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?