काठमाडौंसहित देशैभर चिसो बढ्यो

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको जनाएको छ । 

देभभरको केही स्थानको तापक्रम शून्यमा झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेन्टिग्रेड मापन भएको जनाएको छ । 

यसअघि गत शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशलमब २ डिग्री सेन्टिग्रेड मापन भएको थियो । 

त्यस्तै जुम्लामा सबैभन्दा बढी चिसो बढेको पनि महाशाखाले जानकारी दिएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्रीमा झरेसँगै जनजीवन प्रभावित भएको पनि बताइएको छ । 
जुम्लापछि सबैभन्दा बढी चिसो जोमसोममा छ । जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री छ । 

यता जिरीको न्यूनतम तापक्रम माइनस शुन्य दशमलब ५ र अधिकतम १५ डिग्री सेन्टिग्रेड रहेको छ । डडेल्धुरा र दीपायल पनि केही दिनदेखि चिसो बढेको महाशाखाले बताएको छ ।  डडेल्धुरा र दीपायलको न्यूनतम तापक्रम क्रमशः ३ दशमलब ३ देखि ४ दशमलब ५ सम्म मापन गरेको छ ।

अहिले काठमाडौं उपत्यकाको तापक्रम १६ डिग्री सेन्टिग्रेड छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?