संघीय संसदका कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । संघीय संसदका कर्मचारीले आन्दोलन घोषणा गरेका छन् ।

गत साउनदेखि भत्ता नपाएको भन्दै संसदका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका हुन्  । 

चालु आर्थिक वर्षको बजेटमार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् ।

गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए तर चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरुले आपत्ति जनाएका छन हुन् । संसद र संसदीय समितिहरुको बैठक विहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको माग रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?