भत्ता नपाउँदा संसदका कर्मचारी आन्दोलनमा

संसद्का कर्मचारीले अरिरिक्त भत्ता नपाएको भन्दै व्यवस्थापनविरुद्ध आन्दोलन शुरु गरेका छन्।

कर्मचारीहरुले आफ्नो माग पूरा नभए यही पुस १ गतेदेखि कार्यालय समयमा मात्र काम गर्ने चेतावनी दिएका छन् ।

सरकारले आव २०७५ ७६ को वार्षिक बजेटमार्फत संसद्का कर्मचारीको भत्ता र खाजा खर्च कटौती गरेको थियो । यसअघि उनीहरुले ८० प्रतिशत भत्ता र दैनिक ६ सय खाजा खर्च पाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?