जर्मनीको सडकमा चकलेट पोखियो, यस्तो भयो सडक

जर्मनीको सडकमा चकलेटको कारण सडकको रंग बदलिएको छ । 

जर्मनीको वेस्टनेन सहरको एक सडकमा चकलेट बोकेर हिडेको ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखीएका कारण जर्मनीको सडकभरी चकलेटको रंग लागेको थियो । 

वेस्टनेन सहरमा जाडो धेरै भएकाले गाडिबाट पोखिएको तरल चकलेट जमेको थियो जसका कारण केहिबेर बाटो नै बन्द गर्नुपरेको थियो । 

सडकमा चकलेट जमेर सवारी आवागमन प्रभावित भएपछि दकमल कर्मचारीलाई बोलाईएको थियो  ।

दमकल कर्मचारीहरुले तातोपानी र साभेलको प्रयोग गरेर चकलेटलाई राजमार्गबाट हटाएका थिए ।  

सडकमा पोखिएको चकलेट सफा गर्न खटिएका कर्मचारीलाई चकलेट कारखानाको कर्मचारीहरुले सघाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?