साना किसानको ऋण मिनाहा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, कपडा उद्योगीको माग सम्बोधन

काठमाडौँ – साना किसानहरुको ऋण मिनाहा हुने भएको छ । 

कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने सरकारले जनाएको छ । 

सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

सञ्चारमन्त्रीगोकुल बास्कोटाले साना किसानहरुको ऋण सरकारले तिरिदिने जानकारी दिए ।

कृषि विकास बैंकमा यस्तो ऋण करीब २९ करोड रुपैयाँ र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको बताइएको छ । 

यसैगरी मन्त्रिपरिषद् बैठकले कपडा उद्योगीहरुलाई बैंकको ब्याजमा अनुदान दिने भन्सार छुट दिने निर्णय गरेको छ । 

उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा सरकारले आन्दोलनरत कपडा उद्योगीहरुको माग सम्बोधन गरेको हो। अब कपडा उद्योगीहरुलाई बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?