पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बर को जीप बिहिबार साँझ आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

 घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा १० जना यात्रु सवार थिए । जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?