चुनावमा पराजित भएको विषयमा देउवा–पौडेल चर्काचर्की

काठमाडौँ – महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदै छ ।

बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठहर्‍याउँदै आलोचना गरेका थिए ।

उनले सरकार, संसद् र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए । लगत्तै सभापति देउवा पौडेलप्रति खनिए ।

पौडेलसँग मात्रै नभएर आफैंले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेकाहरूले समेत आफूविरुद्ध आलोचना गरेको भन्दै देउवाले आक्रोश पोखे । पौडेलबाहेक अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापाप्रति उनी खनिएका थिए । सिटौला, केसी र थापा गत १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?