८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

काठमाडौँ – तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौती गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनकै कारण शुक्रबारका लागि तया भएको १२ औँ संसद् दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका वेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो ।

तर, अहिले कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्माचारी आन्दोलमा उत्रिएका हुन् ।  आजको नयाँ पत्रिका दैनिक खबरमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?