गाडी चार लाख, जम्मा साढे सात हजार दर्ता

काठमाडौँ – सबै सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्तर्गत मंसिर मसान्तसम्म दर्ता गरिसक्नु सरकारले दिएको निर्देशन यातायात व्यवसायीले अस्वीकार गरेका छन् ।

यातायता व्यवस्था विभागका अनुसार बिहीबारसम्म करिब २८ सय कम्पनी र तिनका सात हजार पाँच सय यातायातका साधन मात्र दर्ता भएका छन् ।

देशभरि चार लाखभन्दा बढी सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको विभागले जनाएको छ ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?