मन्त्री पुनद्वारा सिंचाइ आयोजना निरीक्षण, गरे यस्तो प्रतिवद्धता

कलैया । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार बाराका विभिन्न सिंचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् ।

बंगुरी खोलामा बाढी आएर त्यस क्षेत्रका बासिन्दाको उठिबास नै हुने स्थिति भएपछि सरकारले तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले उक्त तटबन्धको निरीक्षण गर्दै सरकारका तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता व्यत्तः गरेका छन् ।

त्यसैगरी मन्त्री पुनले शुक्रबारै कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिंचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिंचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गरेका छन् । निरीक्षण गर्दै मन्त्री पुनले चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गरी किसानलाई सिंचाइका अनुसार भरपुर फाइदा पुर्याउन पहल गर्ने प्रतिबद्धता गरे ।

अनुगमन टोलीमा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य मोहम्मद समीर, नेता अनिल श्रेष्ठ लगायतको सहभागिता थियो । यसैबीच मन्त्री पुनले यहाँस्थित प्रसिद्ध गढीमाई मन्दिरको पनि अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?