सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

महोत्तरीको गौशालामा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

गौशालाबाट मार्इस्थान जाँदै गरेको बा १८ च ६९४५ नम्बरको स्कार्पियोले शुक्रबार मध्यान्ह विपरित दिशाबाट आउँदै गरेको ज १२ प ११०१ नम्बरको मोटरसाइकललाई गौशाला चोकमा ठक्कर दिएको हो।

स्कार्पियोको ठक्करबाट मोटरसाइकलमा सवार धनुषा मिथिला नगरपालिका १० लालगढका ३० वर्षीय मोटरसाइकल चालक आशिस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा परी मोटरसाइकलको पछाडि बस्ने सन्तोष बुढाथोकी गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?