स्वहेतो नेपाल काठमाडौंको स्वरुपमा फेरियो प्रदेश ५ को प्रदेशसभा हल

काठमाडौं । नंया संरचना निर्माण र डेकोरेशनमा आधा करोड खर्चिएर प्रदेश ५ को प्रदेशसभा हलको स्वरुप फेरिएको छ ।

 उद्योग बाणिज्य संघको भवन भाडामा लिएर काम चलाउ रुपमा मात्र प्रदेशसभा सञ्चालनमा आइरहेको थियो ।  

प्रदेशसभा सचिवालएका अनुसार  हलभित्र चार ब्लक सहित ब्यवस्थित बनाएइएको छ । 

तर, वर्षौ अधिवेशन सकिएको बेला प्रदेशसभालाई नयाँ स्वरुप दिइएको छ । अब सांसदहरुलाई बस्न सहज हुने गरी हल बनाइएको छ भने ड्यापड्याप गर्ने सुविधा पनि राखिएको छ ।

२६ मंसिरमा बसेको हिउदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसदहरु नयाँ हलमा बसेका थिए । रोष्टम (मञ्च)बनाउन ९ लाख खर्च गरिएको छ । सभामुखको पछाडि प्रदेश ५ को लोगो राखिएको छ ।

त्यस्तै, प्रदेशसभा हललाई एचडी स्टुडियो बनाउन ४० लाख खर्च भएको छ भने  माइक्रोफोन जडानको काम भने बाँकी नै रहेको छ । 

सचिवालयले ६ वटै बिषयगत समितिहरुलाई छुट्टा छ्ट्टै कार्यालयको व्यवस्था गरेको छ । कार्यालयहरुमा पनि झण्डै ४० लाख खर्चिएर फर्निसिङ र कार्पेटिङको काम भइरहेको छ ।अफिस र  बैठक कक्षको निर्माण भइरहेको छ ।

स्वहेतो नेपाल काठमाडौंको  ठेक्कामा काम समपन्न भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?