नुवाकोट मिनिट्रक दुर्घटना : मृतकको संख्या १६ पुग्यो, घाईतेको उद्धार हुँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को घ्याङफेदी भन्ने ठाउँमा भएको मिनिट्रक  दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मिनिट्रकमा सवार अन्य २० जनाभन्दा धेरै घाईते भएका छन्  ।

नुवाकोटको शिखरबेसीबाट सिसिपू भन्ने ठाउँमा जाँदै गरेको मिनिट्रक दुर्घटनामा परेको हो ।

उकालो सडक र ओभरलोड भएका कारण मिनिट्रक  दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै नुवाकोटबाट नवराज सुवेदीले लोकपथलाई जानकारी दिए ।

रात परेका कारण उद्धारमा कठिनाई भइरहेको छ ।

घाईतेलाई उपचारका लागि एम्बुलेन्सबाट नजिकको अस्पताल लगिदैछ ।

उद्धारका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटिरहेको प्रहरी उपरीक्षक कैलाश भट्टराईले बताए ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका उपप्रमुखका अनुसार शिखरबेसीमा चेलीको बरखीको काम सकेर वडा नम्बर ७ को सिसिपू जाँदै गर्दा सो मिनिट्रक  घ्याङफेदीमा  दुर्घटना भएको हो ।

दुर्गम ठाउँमा दुर्घटना भएकोले सम्पर्क गर्न कठिनाई भईरहेको छ ।

घटनाको सम्पूर्ण विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?