इञ्जिनीयरको निर्वाचन सम्पन्न, मतगणना शनिबारदेखि

काठमाडौँ– नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वको लागि ३२औँ कार्यकारिणी समितिको निर्वाचन सकिएको छ । काठमाडौँलगायत देशभरि आज बिहान ८ बजेबाट शुरु भएको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार शनिबारदेखि मतगणना गरिनेछ । निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूह प्रतिस्पर्धामा छन् ।

अध्यक्ष पदमा प्रगतिशीलबाट प्रा डा त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाट हीरण्यमान प्रधान चुनाव लडेका छन्। केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशमा प्रथम प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन एकसाथ भएको हो । केन्द्रीय कार्यकारिणीको १८ तथा प्रादेशिक कार्यकारिणीका लागि सातवटै प्रदेशमा १६–१६ पदाधिकारीबा लागि निर्वाचन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?