मेटासिटसहित पक्राउ परेका पूर्वलडाकुलाई सामाजिक हितविरुद्धको मुद्दा

काठमाडौँ — प्रहरीले पूर्वमाओवादी लडाकु युवराज विकलाई सामाजिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले अनुसन्धानका लागि सात दिन थुनामा राख्न जिल्ला प्रशासनबाट अनुमति लिएको छ ।

विक बिहीबार गृह मन्त्रालय परिसरबाट पक्राउ परेका थिए । सशस्त्र द्वन्द्वका घाइते तथा अपांग संघर्ष समितीले विभिन्न माग राखी बिहीबारदेखि माइतीघरमा अनशन सुरु गरेको छ ।

बिहीबारै द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई पुल्चोकस्थित मन्त्री निवास छिर्ने क्रममा मेटासिटसहित पक्राउ परेका थिए । भट्टराईले गृहमन्त्री रामबहादुर थापालाई भेटी उनकै अगाडि विष सेवन गर्ने योजना बनाएका थिए । गत ५ गते गृहमन्त्रीकै सामु विष पिएका उनलाई तत्काल अस्पताल लगेर जोगाइएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?