काठमाडौंको तापक्रम बर्षकै कम, जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंमा आज (शनिबार) बिहान अत्याधिक तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस रहेको हो जसका कारण काठमाडौंमा चिसो महशुस भएको छ । 

यो तापक्रम यस वर्षकै सबै भन्दा कम हो ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको थियो। 

 आज जुम्लाको तापक्रमा माइनस १ डिग्री मापन गरिएको छ। शुक्रबार जुम्लाको तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको थियो

त्यसैगरी जोमसोमको तापक्रम माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रमा माइनस एक दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।

सुदूर पहाडी जिल्ला डडेल्धुराको तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको छ भने पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ५ डिग्री मापन गरिएको छ। विरेन्द्रनगर सुर्खेत र लुम्लेको तापक्रम समान ४

दशमलव ५ डिग्री छ भने धनगढी र ओखलढुंगाको तापक्रम समान ६ दशमदव ८ डिग्री मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?