कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरेको हराइरहेको सुन हुनसक्ने आशंका

काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेमा छन् । 

सुन तस्करी छानविन समितिका अनुसार चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले यो सूचना पाएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ । 

स्रोतका अनुसार, शुक्रबार दिउँसो कोलकातामा सुनसहित दुई नेपाली नागरिक पक्राउ गरेको सूचना आएपछि समितिका अधिकारीहरु छलफलमा जुटेका हुन् । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्माले छन् भने  उनीहरुको कारबाट सुन बरामद भएको जनाइएको छ ।

‘सुन र सनम हत्या काण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेती  जेठमा पक्राउ परेका थिए । त्यसैले भारतमा समातिएको सुन पहिल्यै नेपाल भित्रिएको र गायब भएको साढे ३३ किलो सुन हुनसक्ने आशंका गरिएको छ । 

सुन तस्कर  ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि साढे ३३ किलो सुन हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?