नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेदेखि  शुरु भएको छ । 

पार्टी कार्यालय सचिवकम अनुसार बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने छ । 

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो । 

विधानतः ३/३ महिनामा बस्नुपर्ने नेकपा स्थायी कमिटी बैठक २१ असारदेखि बस्न नसकेकाले पार्टीभित्र असन्तुष्टि र अन्तरविरोधका चाङ थिए ।

पटकपटक स्थायी कमिटीको बैठक बोलाउने र स्थगित गर्ने गरेकाले नेतृत्वलाई बैठक छलेको आरोप लाग्दै आएको पनि छ । गएको शनिबारको सचिवालय बैठक पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार नै गरेपछि नेकपाभित्रको विवाद सतहमै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?