केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्नुहोसः नेता सिटौला

काठमाडौं । शनिबारबाट शुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरुलाई केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्न आग्रह गरेका छन् । 

चुनावपछि विभिन्न जिल्लामा जाँदा नेता कार्यकर्ताले धेरै गुनासो पाएको भन्दै उनलेमहासमिति सदस्यहरुलाई मनमा लागेको खुलेर भन्न आग्रह गरेका हुन् । 

नेता कार्यकर्ताले मनमा लागेको कुरा भने नेतृत्वले आफूलाई सच्याउने मौका पाउने उनको भनाई थियो । 

सिटौलाले चुनावपछिको एक वर्ष कांग्रेस अलमल्लिएको भन्दै अब देशब्यापी अभियान लिएर जानुपर्ने उनले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?