हवाई दुर्घटनामा मृत्यु हुँदा पौने दुई करोड पाइने

अन्तर्राष्ट्रिय उडानका क्रममा यात्रुको मुत्यु भएमा प्रतिव्यक्ति एक करोड ७७ लाख रुपैयाँ पाइने भएको छ । अन्तर्राष्ट्रिय वायुसेवाका यात्रु जस्तै नेपाल दर्ता भएका वायुसेवाका यात्रुले पनि अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब एक लाख १३ हजार एक सय एसडीआर पाउने भएका हुन् ।

मन्ट्रियल महासन्धी दिवसको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यही शनिबारबाट यो नियम लागू गरेको हो ।

नेपाल सरकारले गत असोज ३० गते महासन्धीलाई अनुमोदन गरेको थियो । यसअघि नेपालमा हवाई बिमा दाबी गर्दा मृतकका परिवारले २० हजार अमेरिकी डलर मात्रै पाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?