एकैदिन नियम नटेर्ने ५५ जना ट्याक्सी चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा माग्ने र मिटरमा नजाने ५५ ट्याक्सी चालकलाई कारवाही गरेको छ । ट्राफिक महाशाखाका अनुसार आज (आइतवार) मात्र ५५ जना ट्याक्सी चालक कारवाहीमा परेका हुन् । 

महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने व्यापक जुनसो आएको भन्दै पछिल्लो केही महिना यता ट्याक्सी चालकमाथि निगरानी बढाएको छ ।

ट्राफिक प्रहरीले नियमित चेकजाँच गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई निरन्तर कारवाही गर्ने जनाएको छ । साथै मिटरमा जान नमान्ने, याुत्रको चाहेको स्थानमा जान नमान्ने चालकलाई ट्राफिकको कन्ट्रोल रुपको हटलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?