के ‘बागी ३’ मा सारा अली खानलाई देख्न पाइएला?

मुम्बई । बलिउडकी नायिका सारा अली खान आजकाल चर्चामा छिन् । उनी अभिनित फिल्म ‘केदारनाथ’ रिलिज भएको छ भने ‘सिम्बा’ को प्रतीक्षामा दर्शक छन् ।

यसैबीच एउटा खबर बाहिर आएको छ कि, साजित नाडियाडवालाले निर्देशन गर्ने ‘बागी ३’ का लागि सारालाई अफर आएको छ ।

तर, साराले यो फिल्म खेल्ने कि नखेल्ने भन्ने अझै निर्णय गरेकी छैनिन् । उनले पहिले पनि मेनस्ट्रिम फिल्ममा आफू हिस्सा बन्न चाहेको बताउँदै आएकी थिइन् । यसकारण पनि साराले यो अफर स्वीकार गर्नेछिन् भन्ने धेरैलाई लागेको छ ।

सैफ अली खानकी छोरी साराका छोटो समयमा नै राम्रा फ्यान फलोइङ छन् । सारा रणवीर सिंहको आउने फिल्म सिम्बामा देखिनेछिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?