नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट पनि घरबाटै काट्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ ।

यस अघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो । निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकेटिङको सुभारम्भ गरे ।

यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन् । कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको बताए ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?