काठमाडौंको तापक्रम २ डिग्रीमा झ‍र्‍यो, उच्च हिमाली भेगमा हिमपात

काठमाडौ । काठमाडौं उपत्यकामा सोमबार बिहान यो वर्षकै सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । बिहान यो वर्षकै न्यून तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् सुजन सुवेदीले बताए ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ ।

पश्चिमी भागमा सामान्यतय सफा नै रहे पनि पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?