६ महिने गर्भवतीको हत्या

 काठमाडौँको टोखामा ६ महिने गर्भवती महिलाको हत्या भएको छ ।  

काठमाडौंको टोखा नगरपालिका–८  मिलन टोलमा आइतबार राति आफ्नै सौताले घाँटी थिचेर ति गर्भवतीलाई मारेकी हुन् । 

मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।
हत्या आरोपमा प्रहरीले २६ वर्षीया विष्णुमाया मल्लसहित बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र रिता केसीलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । 
 पक्राउ परेकी विष्णुमाया मल्लले श्रीमान्ले सौता हालेका कारण सहन नसकेर आफूले हत्या गरेको बताईन् ।  

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?