कांग्रेस महासमिति बैठकमा तनाव, केसीले बोल्दा सहमहामन्त्रीले माइक खोसे

काठमाडौं । कांग्रेस महासमिति बैठक अन्तर्गत जारी बन्दसत्रमा तनाव भएको छ । महासमिति बैठकमा सहभागि जिल्ला सभापतिहरुले विधान नभएसम्म छलफल अघि बढ्न सक्ने अडान लिएपछि तनाव हुन पुगेको हो । 

बैठक अघि बढ्न नसक्ने भन्दै कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बोल्न थालेपछि सहमहामन्त्री प्रकाश शरण महतले माइक खोसेका थिए । सो पछि बन्दसत्रहलभित्र होहल्ला सुरु भइ तनावको अवस्था निम्तिएको एक प्रतिनिधिले जानकारी दिए ।

सहमहामन्त्रीले माइक खोस्ने क्रममा महत र केसीबीच धकेलाधकेल हुँदा माइक नै फुट्न पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?