कांग्रेस महासमिति बैठकमा भाँडभैलो: नुवाकोट जिल्ला सभापति केसीले खुलाए झगडाको कारण

काठमाडौं । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको नेपाली कांग्रेस  महासमितिको बैठकको आज पाँचौ दिन पनि जारी छ । 

पार्टीको विधानलाई सङ्घीयता अनुसार परिमार्जन गर्न बसेको नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २८ गतेबाट शुरु भएको बैठकको  बन्द शत्र चलिरहेको छ । पहिला पुस ३ गते सम्म चल्ने भनिएको बैठक अझै केही दिन लम्बिने भएको छ ।

विधान संशोधनबारे शीर्ष तहमा सहमति जुट्न नसकेपछि महासमिति बैठकमा प्रभावकारी छलफल हुन सकेको छैन । मंगलबार पनि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बोल्न थालेपछि सहमहामन्त्री प्रकाश शरण महतले माइक खोसेका थिए । सो पछि बन्दसत्रहलभित्र होहल्ला शरु भई नाराबाजी सम्म भएको थियो । 

कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले विधान संशोधन र छलफलको माग गर्दा सहमहामन्त्री  महतले माइक खोसेर भुईमा फालेको लोकपथलाई बताए । 

उनले भने , "नेपाली काङ्ग्रेस महासमितिको बैठक बसेकै विधान माथिको छलफल र संशोधनका लागि हो । यदि विधान नै छैन् भने यति धेरै समय खर्च गरेको कुनै अर्थ नै भएन नि ।" 

उनले भने , "नेपाली काङ्ग्रेस महासमितिको बैठक बसेकै विधान माथिको छलफल रसंशोधनका लागि हो । यदि विधाननै छैन् भने यति धेरै समय खर्चगरेको कुनै अर्थ नै भएन नि ।" 

महासमिति सदस्यहरुबीच विधान संशोधनबारे छलफल नै नगराउने वा अन्तिम समयमा प्रस्ताव ल्याएर हतारमा पास गराउने आशंका चर्चामा थियो । किनभने केही दिनदेखि चलिरहेको सहमति प्रयास अझै सफल भएको छैन ।

त्यही बेला पार्टी सभापति शेरबहादुर देउवाले बैठक स्थगितको सूचना दिन खोज्दा नाराबाजी भइएको छ । उनले प्रयोग गरेको माइकमा आवाज थिएन भने हलबाट चर्को हुटिङ भएको थियो ।

तर, पार्टी नेतृत्व र जिल्ला सभापतिहरुबीच भएको वार्तामा बैठक केही दिन लम्ब्याउने सहमति भएको छ । काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार शीर्ष तहमा सहमति जुटाएर विधान संशोधन प्रस्ताव ल्याउने र त्यसमा पर्याप्त छलफल गराउन पार्टी नेतृत्व सहमत भएको छ । यसका लागि महासमिति बैठकको समय आवश्यकताअनुसार थप गर्ने सहमति भएको छ ।

अब सहमतिको प्रयाससँगै महासमितिमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी रहनेछ ।

नेपाली कांग्रेसको महासमिति बैठक सिंहदरबारको छेवैमा रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा जारी छ । 

महासमिति सदस्यहरुको बाहेक बैठक स्थलमा काँग्रेस समर्थक शुभेच्छुकहरु, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, निर्वतमान केन्द्रिय सदस्य तथा पर्यवेक्षकहरुको पनि बाक्लै उपस्थित रहेको छ । 

महासमिति सदस्यहरुको बाहेक बैठक स्थलमा काँग्रेस समर्थक शुभेच्छुकहरु, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, निर्वतमान केन्द्रिय सदस्य तथा पर्यवेक्षकहरुको पनि बाक्लै उपस्थित रहेको छ । 

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रेसजनको अपेक्षा छ ।

हिजो अर्थात पुस २ गते सोमबार नेपाली कांग्रेस  महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको थियो ।  बैठक स्थलमा १२ बजेसम्म पनि शीर्ष नेताहरु अनिुपस्थित भएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए । 

यसैबीच, पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह-महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लगाएको छ ।  कांग्रेस महासमिति बैठक अन्तर्गत जारी बन्दसत्रमा तनाव भएको छ । महासमिति बैठकमा सहभागि जिल्ला सभापतिहरुले विधान नभएसम्म छलफल अघि बढ्न सक्ने अडान लिएपछि तनाव हुन पुगेको हो । 

त्यसैगरि, बैठकस्थल बाहिर हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?