निर्मला प्रकरणः ८ प्रहरी अधिकारी तथ तनावमा, मुद्दा पर्यो

भीमदत्तनगर– कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आज आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिइन् ।
 उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् ।
आजै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरुद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए ।
खड्कले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?