दाजुभाई मृत्यु प्रकरण : चार दिन पछि बुझ्यो परिवारले शव

काठमाडौं । चाउमिन खाएपछि बिरामी परी मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभूलीका दाजुभाईको शव ४ दिन पछि परिवारले बुझेको छ ।

मंगलबार मृतकका आमा बिमला सुनारले उनीहरुको शव बुझेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसअघि नियोजित तरिकाले हत्या गरिएको भन्दै दोषी उपर कारबाहीको माग राखी छिमेकी तथा आफन्तहरुले शव उठाउन दिएका थिएनन् । 

कृष्णपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयले मृतक धन बहादुर सुनार र टेक बहादुरको दाहसंस्कारका लागि आवश्यक पर्ने खर्च व्यहोर्ने र दाषीमाथि छानविन गरि कारबाही हुने आश्वासन पाएपछि शव उठाइएको मामा चामुराम टमटाले बताए ।

गत शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका उनीहरुको चाउमिन खाएपछि बिरामी भएर मुत्यु भएको थियो । बालकका ठुलोबुवा लछी सुनार र ठुलीआमा सिता सुनारले उनीहरुलाई चाउमिन पकाएर खान दिएको प्रहरीले जनाएको छ ।

उनीहरु बिरुद्ध मृतकका आमा बिमला सुनारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दर्ता गराएकी छन् । ठुलोबुवा र ठुलीआमालाई घटनाको बारेमा सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी कृष्णराज ओझाले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?