नेकपा स्थायी कमिटी बैठक : मन्त्रिपरिषद् पुनर्गठनको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरेका छन् । 

बुधवारको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य पन्तले सो माग राख्दै सरकार अपेक्षाअनुसार गतिशील नदेखिएको समेत बताए । 

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

त्यस्तै नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको समेत विरोध गरे । उनले भने ‘प्रधानमन्त्रीले पनि आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।’

अध्यक्षद्वय केपी शार्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको टिप्पणी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?