काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेलगत्तै फेरी अर्को ‘रोजगार योजना’ सार्वजनिक गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको छ । अब यसै आर्थिक वर्षबाट नयाँ रोजगार कार्यक्रम लागू हुन्छ । यो कार्यक्रमको नाम हो– ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ।
यस कार्यक्रमअन्तर्गत सबै बेरोजागार नागरिकलाई सय दिनको रोजगारी दिने वा नसके ५० दिनको पारिश्रमिक बराबरको निर्वाह भत्ता उपलब्ध गराउने सरकारको तयारी छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम लागू गर्न आन्तरिक तयारी गरिरहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया