काजकिरिया गर्न नेपाल आए पुनः विदेश जान नपाइने ? गोकर्ण विष्टलाई संसदीय समितिको यस्तो जवाफ

काठमाडौं । सरकारले विदामा स्वदेश आएका घरेलु कामदारलाई पुनः काममा जान दिने प्रस्ताव संसदीय समितिले अस्वीकार गरेको छ । 

सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदामा स्वदेश आएका घरेलु कामदारलाई पुनः रोजगारीका लागि फर्किन दिनुपर्ने धारणा राखेका थिए । तर, संसदीय समितिमा त्यसलाई अस्वीकार गरेको छ ।

समितिको बैठकमा मन्त्री विष्टले भने, ‘आमाको निधन भएर विदामा आएको तर, काजकिरिया सकेर पुनः काममा फर्किन नपाएको गुनासो आएको छ, सुरक्षित महशुस गर्छन् र कमाई पनि राम्रो छ भने उनीहरुलाई पुनः जान दिनुपर्छ भन्ने मेरो धारणा हो ।’

तर, मन्त्री विष्टको उक्त प्रस्ताव समितिले अस्वीकार गरेको छ ।

उता समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने समितिले अर्को निर्णय नआउँदासाँ विदामा आएका घरेलु श्रमिक जान नदिन निर्देशन दिएका छन् ।

विदेशमा घरेलु कामदारमाथि शोषण हुने गरेको घटनाहरु बाहिर आए पछि संसदीय समितिले २२ चैत २०७३ देखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?