ग्राण्डी अस्पतालमा एनिभर्सरी स्पेशल स्वास्थ्य परिक्षण प्याकेज

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं वार्षिकोत्सवको अवसर पारेर एनिभर्सरी स्पेशल स्वस्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।

मात्र रु. २०१९ दुर्इ हजार उन्नाइस रुपैयाँमा स्वास्थ्य परिक्षण गर्न सकिने व्यवस्था सहित अघि सारिएको अफरमा स्वास्थ्य परिक्षणका लागि दुईवटा प्याकेजहरुको व्यवस्था रहेको छ ।

पहिलो प्याकेजमा बोन मिनरल डेन्सिटोमेट्री  बिएमडी, फिजियो थेरापी तथा अर्थो कन्सल्टेशन समावेश गरिएको छ भने दोश्रो प्याकेजमा फास्टीङ ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, क्रियाटिनिन, एएलटी, हेमाटोलोजी प्रोफाइल (सिबिसि), युरिन रुटिन, इसिजी तथा चिकित्सकसँगको परामर्श समावेश गरिएको छ ।

यो स्वास्थ्य परिक्षण प्याकेज जनवरी महिनाको एक तारेख देखी १५ तारेखसम्म लागू हुनेछ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आगामी जनवरी ३ तारेखकादिन आफ्नो छैटौं बार्षिकोत्सब मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?