आन्दोलित कर्मचारी हातमा कालोपट्टी बाँधेर काम गर्दै

काठमाडौं । आन्दोलनरत कर्मचारीको समूहले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । 

दरबन्दी स्वीकृतिमा विदेश भएको भन्दै लेखा समूहका आन्दोलित कर्मचारीले आज प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् । आन्दोलित क

र्मचारीका अनुसार दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो तर केन्द्रमा चाहिनेजति पनि राखिएन् । त्यसैको विरोधस्वरुप आज हातमा कालोपट्टी बाँधेर काम गरेका हौँ ।

आन्दोलनरत कर्मचारीको माग लेखा समूहअन्तर्गत प्रदेश र स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्नेछ ।  यसअघि स

रकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?